काठमाडौं – चालु आर्थिक बर्षको माघ महिनासम्म सुनको आयात ६६ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
यस ७ महिनामा रु. १५ अर्ब १ करोड ८२ लाखको सुन आयात भएको थियो । गत आवको सोही अवधीमा भने ९ अर्ब ४ करोड रुपैयाँको सुन आयात भएको थियो । गत आवमा भने १३ अर्ब ६३ करोडको सुन आयात भएको थियो ।
नेपालमा बार्षिक ३० अर्ब सम्मको सुन आयात हुने गरेको थियो । तर, बिगत २ बर्षदेखि बिविध कारणले सुनको मुल्य बढेर कारोबारमा कमी आएपछि यसको आयात घटेको थियो । पछिल्लो समय भने यसको आयात पुनः बढ्न थालेको छ ।
प्रतिक्रिया