११ वर्ष कैद फैसला भई फरार महिला डेढ बर्ष पछि पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशी रहेकि छिन्। उनीविरुद्ध जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा २०७६ साल असार ३० गते ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो ।
पक्राउ पछि उनलाई अदालतमा उपस्थित गराईएको र कारागार पठाउने तयारी गरीएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
प्रतिक्रिया