काठमाडौं – चालु आर्थिक बर्षको माघसम्म नेपालदेखि हुने चियाको निर्यात करिब ६४ प्रतिशतले बढेको छ । व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्रको माघसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
चालु आवको ७ महिनामा २ अर्ब ९३ करोड ५ लाख २१ हजारको चिया निर्यात भएको छ । परिमाणका आधारमा यस अवधीमा ९२ लाख ८० हजार ९५४ केजी चिया बिभिन्न मुलुकमा निर्यात भएको हो ।
गत आवको सोही अवधीमा १ अर्ब ७९ करोड २० लाख रुपैयाँ बराबरको ७४ लाख ६ हजार केजी चियाँ निर्यात भएको थियो ।
गत आवभरमा भने २ अर्ब ७८ करोड २८ हजारको चिया निर्यात भएको छ । त्योअनुसार चालु आवको ७ महिना मै गत आवको भन्दा पनि बढी चिया निर्यात भएको देखिन्छ । परिमाणका आधारमा गत आवमा १ करोड ११ लाख ८५ हजार केजी चियाँ निर्यात भएको थियो । परिमाणका आधारमा भने गत आवको बराबरको चिया निर्यात भएको देखिदैन ।
प्रतिक्रिया