ललिता निवास प्रकरणका एक आरोपित पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।विशेष अदालतले बुधबार
सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक सहसचिव अशोकनाथ उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
उप्रेतीसँग न्यायाधीश प्रेमराज कार्की, शान्तीसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले पाँच लाख रुपैयाँ धरौटी माग गरेका हुन् ।
बालुवाटार जग्गा प्रकरणमै पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ र अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रतिक्रिया