काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा हुने भएका छन् । बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुले उक्त कुराको जानकारी गराएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने हरेक परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ । सीसीटीभी नराखेको खण्डमा त्यस्तो परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएको छ ।
सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ । त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया