गोंगबु हत्या प्रकरण : कल्पनालाई आजीवन कारावासको सजाय

५ बर्ष अगाडि

 

कृष्णबहादुर बोहराको हत्या आरोपी कल्पना मुडभारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको हो । 

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटी सुटकेशमा राखेर फालेकि थिइन् । 

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको छ ।गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते भेटिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया