काठमाडौं- दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिकामाथि १३ वर्षीय बालकले बलात्कारको प्रयास गरेका छन् । हिजो साँझ ६ बजेतिर दही किनेर फर्किदैँ गरेकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा आक्रमण भएको हो ।
प्रहरीले बलात्कारमा संलग्न आरोपमा १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए । ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।
‘दुईजना बालक पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले भने,।’ मुख थुनेर बालिका बलात्कार गरेपछि आरोपीले ‘कसैलाई भनेमा राम्रो नहुने’ धम्की दिएका थिए । दही खान दिन्छु र पैसा पनि दिन्छु भनेर बालिका त्यहाँबाट उम्केको घटनास्थलमा रहेका इन्सपेक्टर मोहनविक्रम केसीले बताए । बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । बालिकाको योनीबाट रगत बगिरहेको बताइएको छ ।
प्रतिक्रिया