बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

सिआइबीले ललितपुर महानगरपालिका-१४ तिखिदेवलका ४४ वर्षीय तेजबहादुर खड्कालाई पक्राउ गरेको हो।

तेज बहादुरले २०७५ सालमा आफ्नो खातामा पैसा नभएपनि सफायर ट्रेडिङ कम्पनी प्रालि, महालक्ष्मीस्थानको नामबाट सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको चेक काटेका थिए । उनले विभिन्न मितीमा चेकहरू काटेर पीडित अन्जनी नन्दन मारूलाई दिएका थिए ।

चेक बाउन्स भएपछि मारूले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । २०७६ असार २३ गते उच्च अदालत पाटनले पाँच दिन कैद र २१ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

सजाय बेरुजू भई तेज बहादुर फरार भएका थिए । उनलाई सिआइबीको टोलीले मंगलबार तिखिदेवलबाट पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्न चितवन जिल्ला अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया