जुवा खेल्ने ३ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । 

बहुदरमाई नगरपालिका-१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा उक्त ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय राजेश मेहता रहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया