काठमाडौं- गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा सडेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् ।
मालिका गाउँपालिका ३ ह्वाङदी स्थित दमार्नेको जंगल क्षेत्रमा शव भेटिएको वडाध्यक्ष राजकुमार विकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले मृतको पहिचान नखुलेको जानकारी दिए ।
स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट मुचुल्का उठाएर शव गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।
प्रतिक्रिया