काठमाडौं- ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक किशोेरीको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट १९ वर्षीया किशोरी अञ्जु दाहालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएकी उनी ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी थिइन् । सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
प्रतिक्रिया