जर्बजस्ती करणी प्रयासको आरोपमा एक नाबालक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- नुवाकोटको तारकेश्वरमा जर्बजस्ती करणी प्रयासको आरोपमा एक जना नाबालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षका नाबालक रहेको हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनामा संलग्न दुई जना फरार रहेको भन्दै उनीहरुको खोजी कार्य भइरहेको पनि बताएको छ । प्रहरीका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा गत फागुन १४ गते राती तीन जना युवकले युवतीलाई जर्बजस्तीको प्रयास गरेका थिए ।

पीडित पक्षले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको नुवाकोट प्रहरी प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया