अवैध १ सय ६७ थान मोबाइल सहित एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- अवैध रुपमा भन्सार छली गरि ल्याएको १ सय ६७ थान मोबाइल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ७ गौरिघाट संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका ६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।

विभिन्न ब्राण्डका ती मोबाइलको मूल्य करिब १२ लाख ४४ हजार बराबर रहेको छ ।

अवैधरुपमा भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाएर राखेको भन्ने सूचनाको आधारमा उनको डेरा खोजतलासी गरिएको थियो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया