काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ थान बाला र २ थान औंठी सहित १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित एका जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेममा स्याङजा चापाकोट नगरपालिका ६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार राना रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आगमन भएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको धातु सहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया