ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ४० घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।”
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।
आगलागीबाट हालसम्म मानवीय क्षति भने भएको छैन। धनमालको यकिन क्षति भन्न अहिले नै नसकिने अवस्था रहेको डीएसपी राणाले बताए।
प्रतिक्रिया