प्रवीण बास्तोलाको हत्या प्रकरण: थप १ जना ओरोपी प्रकाउ

५ बर्ष अगाडि

मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा  थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक  १९ वर्षीय सुदीप परियार रहेका छन् ।

 इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरीबाट सोमबार राति पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेस गर्ने तयारी छ ।

यसअघि पक्राउ परेका मोरङका २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारीका ३४ वर्षीय कुमार राईलाई जिल्ला अदालत मोरङले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । यस्तै उर्लाबारीका ६० वर्षीय रमेश गिरीलाइए हिजो १ लाख धरौटीमा रिहा गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया