ट्याक्टर दुर्घटनामा ८ जना घाइते,दुई जनाको अवस्था गम्भीर

५ बर्ष अगाडि

जुम्लाको सिँजा गाउँपालिका–६ भाटगाउँमा सोमबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

नराकोट बजारबाट नुन बोकेर भाटगाउँतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बेलुकी करिव साढे आठ बजे सडकवाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते आठजनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा स्थानीय ५० वर्षीया भोटेनी बुढा र ६० वर्षीया मीनकली बुढा छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया