बेलायतका लागि २१औँ राजदूत बने रेग्मी !

५ बर्ष अगाडि


 बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका हुन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका  निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका  रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए  । सोमबार मात्र लण्डन पुगेका  रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन् ।

 उनलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी,  कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए  ।

५ बर्ष अगाडि

प्रतिक्रिया