काठमाडौं - बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुईजना ट्रक चालक पक्राउ परेका छन् ।
सोमबार साँझ करिब ६ बजे ड्युटीमा खटिएका विवेक नकालेलाई ना.५ख.६५१४ नम्बरको ट्रक चालक अनोज मोक्तानले दुई सय रुपैयाँ घुस दिने प्रयास गरेपछि उनलाई पक्राउ गरिएको होे ।
मोक्तानलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त बालाजुमा बुझाइएको ट्राफिक प्रहारी महाशाखाले जनाएको छ ।
यस्तै, सोमबार बालाजुमा नै ट्राफिक प्रहरीलाई एक ट्रक चालकले घुस दिने प्रयास गरेपछि चालकलाई नियन्त्रणमा लिइएको छ । ना.५ख.९१२५ नम्बरको ट्रक चालक विजय चौधरीले एक सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेपछि पक्राउ गरिएको हो ।
३७ वर्षीय चौधरीलाई पनि प्रहरी वृत्ता बालाजुमा बुझाइएको छ ।
प्रतिक्रिया