काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दावी गरेका छन् ।
सोमबार पोखरामा आफूपक्षीय गण्डकी प्रदेशस्तरीय नेकपा भेलालाई सम्बोधन गर्दै ओलीले आफूले हिजोमात्रै एकै दिन ३१ वटा पुल शिलान्यास गरेको बताए ।
देशबाट गरीबी, पछ्यौटेपन र भ्रष्टाचार हटाउँदै देशमा विकास र समृद्धि लहर ल्याउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।
उनले योजनाबद्ध विकासका लागि सरकार लागिपरेको पनि बताए । उनले यो त उदाहरण मात्रै भएको भन्दै ३ वर्षका बीचमा कति विकास भए भन्नेबारे जनताले आफै मूल्यांकन गर्न सक्ने बताए ।
कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागिपरेको पनि ओलीले बताए ।
प्रतिक्रिया