काठमाडौं - परराष्ट्र मन्त्रालयले पूराना सवारी साधन बिक्री गर्ने भएको छ । मन्त्रालयले १० थान सवारी साधन बिक्रीमा राखेको हो ।
मोटरसाइकल एकथान र अन्य कार्यालय सम्बन्धि मालसामान पनि बिक्रीमा राखेको मन्त्रालयले जनाएको छ । लिलामी बिक्री सोझै वार्ताद्धारा हुनेछ ।
वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्नेछ ।
वार्तामा सहभागी भएर सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिबृद्धि कर समेत जोडेर आउने रकमको १० प्रतिशत नगदै धरौटी बुझाउनुपर्नेछ ।
रकम जममा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया