आश्रमभित्रको गोठमा आगलागी, एक किशोरको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं - प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा भएको छ । आगलागीबाट त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । 

स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको मृत्यु भएको हो ।

यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया