हुण्डी कारोबार वृद्धि, स्रोत नखुलेको रकमसहित महिला पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - सप्तरीको सीमावर्ती क्षेत्रमा एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेका छन् । यो सँगै त्यहाँ हुण्डीको कारोबार वृद्धि भएको छ । 

पछिल्लो पटक सोमबार सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका(१ निवासी ५५ वर्षीया गीता देवी महतो छन् । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको बताइएको छ । 

यसअघि ११ फागुनमा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।

छिन्नमस्ता गाउँपालिका-५ निवासी ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका थिए । उनीहरुको साथबाट स्रोत खुल्न नसकेको रु १० लाख फेला परेपछि दुवैजनालाई रकमसहित पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया