मन्त्रिपरिषद् बैठक बस्दै

५ बर्ष अगाडि

काठमाडौं - आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । संसद् अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।  

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । स्रोतका अनुसार यसअघि नै फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि आजको बैठकले मात्रै सिफारिस गर्ने भएको छ । 

सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नु पर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया