काठमाडौं - यातायात व्यवस्था विभागले स्मार्ट सावारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ काम रोकेको छ । विभागले खाली कार्ड अभाव भएपछि अत्यावश्यक बाहेकका लाइसेन्स छपाइको काम रोकेको हो ।
विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको जनाएको छ । मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेकोले विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी रहेको छ ।
कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागले जनाएको छ । कार्ड अभाव भएपछि विभागले दुई साताअघि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एण्ड सोलुसनसँग नयाँ कार्ड खरीदका लागि सम्झौता गरिसकेको छ ।
विभागले १४ करोड ९१२ लाख ४ हजार अमेरिकी डलर मा उक्त कम्पनीलाई ठेक्का दिएको हो ।
गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरिएकोमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेसन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले आवेदन दिएका थिए ।
प्रतिक्रिया