बाल संरक्षणका लागि अभिमुखीकरण कार्यक्रम

५ बर्ष अगाडि

काठमाडौं - वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीकोसायल, आदर्श र पूर्वीचौकी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

जिल्लाका तीन स्थानीय तहमा बालसंरक्षणका लागि अवस्था विश्लेषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 

प्रत्येक स्थानीय तहमा एक/एकदिने बालसंरक्षणका लागि स्थानीयस्तरको अवस्था विश्लेषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको वल्र्ड भिजनका प्रतिनिधि गाँगी बलायरले जानकारी दिए । 

एकीकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाले बालसंरक्षण अवस्था विश्लेषणका लागि अवस्था विश्लेषण कार्यदल निर्माण गरी सो अभिमुखीकरण प्रदान गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया