काठमाडौं - साइबर ब्यूरोको लोगो दुरुपयोग गरी फेसबुकमा नक्कली पेज बनाउने लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका बस्ने १८ वर्षीय प्रज्वल पोख्रेल रहेका छन् ।
उनले नक्कली पेजको म्यासेञ्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधानकार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया