१ सय ४९ दीर्घ रोगीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

५ बर्ष अगाडि

काठमाडौं - स्वास्थ्य बिमालाई हरेक नागरिकसम्म पुर्याउनका लागि तेह्रथुको छथर गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले दीर्घ रोगीहरुलाई दिँदै आएको राहात कार्यक्रम अन्तरगत गाउँपालिकाका १ सय ४९ दीर्घ रोगीहरुका परिवारलाई स्वास्थ्य बिमा गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार १ सय ४९ परिवारका ५/५ जना गरी ७ सय २५ जनाको स्वास्थ्य बिमा गरिएको छ । स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका नागरिकलाई यो कार्यक्रमले राहात मिल्ने भएको छ । 

स्वास्थ्य बिमाका लागि ५ जनाको परिवारले ३ हजार ५ सय रुपैयाँमा एक वर्षका लागि स्वास्थ्य बिमा गर्न सकिने छ । बिमा भएका हरेक नागरिकहरुले १ लाख बराबरको स्वास्थ्य सेवा हुने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया