आईएई नेपालको अध्यक्षमा सुशिल तण्डुकार

५ बर्ष अगाडि

काठमाडौं - इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको तेस्रो साधारण सम्पन्न भएको छ ।  

उक्त सभाबाट अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् ।

नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया