काठमाडौँ - पूर्वमिस नेपाल शृंखला खतिवडा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा नियुक्त भएकी छिन् ।
खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्येकी एक भएका कारण उनलाई नियुक्त गरिएको वर्ल्डलिंकले जनाएको छ ।
उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले विश्वास राखेको छ । साथै विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको पनि बताएको छ ।
प्रतिक्रिया