अब श्रमिक तथा कर्मचारीको न्यूनतम पारिश्रमिक भौगोलिक आधारमा

५ बर्ष अगाडि

काठमाडौं - औपचारिका क्षेत्रका श्रमिक तथा कर्मचारीका लागि अब भौगोलिक आधारमा पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको छ ।

देशैभर एकै प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण हुँदै आएकोमा अब भने भौगोलिक आधारमा हुन लागरेको हो । 

श्रम तथा रोजगार मन्त्रालयले व्यवसायी तथा विज्ञहरुको सुझावका आधारमा यसको गृहकार्य गरिरहेको बताइएको छ । 

देशभरका श्रमिकका लागि एकै दरमा पारिश्रमिक निर्धारण गरिएको प्रति व्यवसायीले लामो समयदेखि आपत्ति जनाउँदै आएका थिए । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष २०७६(०७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । 

यसरी भौगोलिक आधारमा मुद्रास्फीति फरक रहेको तथा जीवनयापन खर्चसमेत फरक रहेकाले क्षेत्रगत आधारमा न्यूनतम पारिश्रमिक तोक्न सरकारमाथि दबाब परेको हो । 

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनाले नेपालको उद्योग व्यवसायमा पनि अत्याधिक असर पारेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया