पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला मौसम ?

५ बर्ष अगाडि

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया