काठमाडौं - थप ६० हजार टन मल नेपाल भित्रिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०÷३० हजार टन युरिया र डीएपी मल नेपाल भित्र्याएको हो ।
वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाएको छ । हाल मलको अन्तिम लट भित्रिने क्रममा रहेको बताइएको छ ।
स्वीस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल नेपाल ल्याएको हो ।
प्रतिक्रिया