नक्कली सुन देखाई ७ लाख ठगी, फरार व्यक्ति पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - नक्कली सुन देखाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका-४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया