निर्वाचन आयोगले नेकपाको आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने

५ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने निर्वाचन आयोगले जनाएको छ । यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको आयोगले जनाएको छ ।

सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको जनाएको छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको र आयोगले सो विषयलाई छिट्टै नै टुंग्याएर निर्णय र निकास दिने क्रममा रहेको आयोगको भनाइ छ । 

सरकारले गत पुस ५ गते आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारलाई तीव्र तुल्याएको थियो । सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै औपचारिक पत्र प्राप्त नभए पनि आयोगले निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ । 

निर्वाचन सामग्री खरिदका लागि प्रकाशित बोलपत्र पनि आयोगले रद्द गर्ने क्रममा रहेको बताइएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया