ट्‌विटरले दुर्व्यवहार गरेको भन्दै आफ्नो ब्रान्ड लन्च गर्ने योजनामा ट्रम्प

५ बर्ष अगाडि

एजेन्सी - अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ट्‌विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका छन् ।गत महिना आफूलाई निकालिदिएदेखि ट्‌विटर अत्यन्तै ‘बोरिङ’ भएको बताएका हुन् । 

अमेरिकी संसद्‌मा भएको हमलालाई प्रोत्साहन गरी हिंसा भड्काएकामा उनको अकाउन्टमाथि ट्‌विटरलगायत सामाजिक सन्जाल प्लेटफर्महरूले प्रतिबन्ध लगाएका थिए ।

यस्तोमा फ्लोरिडास्थित आफ्नो घरबाट ‘न्युजम्याक्स’ का सञ्चालक ग्रेक केलीसँगको फोन वार्तामा उनले आफ्ना करोडौँ फलोअर गुमाएकामा गुनासो गर्दै २०२४ को राष्ट्रपति चुनाव अभियानमा फेरि लड्ने संकेत दिएका छन् । 

उनले ट्‌विटर आफूलाई मन नपर्नेबारे बताए र बिनाप्रमाण यसले प्रयोगकर्ताहरूलाई ठूलो स्तरमा हानि पुर्‍याउने गरेको दाबी पनि गरेका हुन् । 

साथै सामाजिक सन्जालमा आफ्नो ब्रान्ड पुनः लन्च गर्ने योजनासम्बन्धी उनले आफ्नो छुट्टै प्लेटफर्म सुरु गर्न सक्ने बताएका छन् । यसबारे छलफल गरिरहेको र यसमा आफ्नै सन्जाल बनाउने विकल्प पनि रहेको बताएका छन् । 

सजिलैसँग आफ्नो साइट निर्माण गर्न सक्ने भन्दै ट्‌विटरले आफू सँग एकदमै दुर्व्यवहार गरेको पनि बताएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया