प्रहरीले अब सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने

५ बर्ष अगाडि

काठमाडौं - प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा थप कडाई गरेको छ । यो संगै अब प्रहरीका कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने ‘आचार संहितासम्बन्धी कार्यादेश, २०७७’ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युब लगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न आग्रह गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया