७ महिनामा १८ अर्ब १७ करोडबढीको चिनियाँ लगानी नेपाल भित्रियो

५ बर्ष अगाडि

काठमाडौं - चालू आर्थिक वर्षको ७ महिनामा १८ अर्ब १७ करोड रुपैयाँ बढी चिनियाँ लगानी नेपाल भित्रिएको छ । 

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा कुल १८ अर्ब १७ करोड ७२ लाख रुपैयाँ चिनियाँ लगानीले नेपालमा व्यावसायिक स्वीकृति पाएको हो । 

यस्तो लगानी मुलुकको पर्यटन, उत्पादन, सेवा तथा कृषि क्षेत्रमा आएको विभागले जनाएको छ । उत्पादनमूलक सँगै सेवा क्षेत्रमा समेत आएको यस्तो लगानीले अधिकतम तीन हजार ८१ जनालाई रोजगारी दिने गरी विविध १०५ परियोजनका लागि विभागबाट स्वीकृति पाएको विभागले जनाएको छ ।

पछिल्लो समय नेपाली औद्योगिक क्षेत्रमा चिनियाँ लगानी ह्वात्तै बढेर गएको छ । अघिल्ला वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा भारतलाई समेत पछि पार्दै चिनियाँ लगानीले अग्रता लिएको हो ।  भारतबाट भने ३ अर्ब ८६ करोडमात्र लगानी स्वीकृत भएको छ । 

१८ अर्ब रूपैयाँमाथिको लगानी एउटै मुलुकबाट आएको र बाँकी १२÷१३ देशबाट समेत सो समयमा उल्लेखनीय मात्रामा लगानी आएको विभागले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया