काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघमा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ । संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपाल स्तरोन्नतिका लागि सिफारिस भएको हो ।
उक्त समितिबाट नेपालसँगै लाओस र बङ्गलादेश पनि अति कम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन सिफारिसमा परेका छन् । यससँगै, नेपाल अब विकासशील राष्ट्र बन्नका लागि बाटो खुलेको छ ।
राष्ट्रसंघ अन्तर्गत विकासशील राष्ट्रमा स्तरोन्नती हुनका लागि नेपालले कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने थियो । जसमा प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक रहेका छन् ।

प्रतिक्रिया