मंगल ग्रहमा जीवित रहन सक्ने प्राणी भेटियो

५ बर्ष अगाडि

एजेन्सी – वैज्ञानिकहरुले केही यस्ता सुक्ष्मजीवी भेटेका छन जुन मंगल ग्रहको जीवन शून्य वातावरणमा पनि जीवित रहन सक्छन। 

स्मरण रहोस् मंगल ग्रहको धरातलमा रहेको वातावरणीय चक्रमा कार्बनडाइअक्साइडको बहुल्यता रहेको छ। यहाँको वायुमण्डलमा ९५.३२ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा छ।  अक्सिजनको उपस्थिति जम्मा ०.१३ प्रतिशत छ।  यस्तो वायुमण्डलीय संरचनामा अहिलेसम्म केही र कुनै पनि जीवित रहन सक्ने ुलाइफ डोमिनुका बारेमा विज्ञानलाई थाहा थिएन।

अहिले आएर वैज्ञानिकहरुले यस्ता केही सुक्ष्मजीवी पत्ता लाएका छन जुन मंगल ग्रहको अप्ठेरो विकट वातावरणमा सरभाईभु गर्न सक्छन। फ्रन्टियर्स इन माइक्रोबायोलोजी जर्नलुमा प्रकाशित ुअध्ययन प्रतिवेदनु ले यस कुराको खुलासा गरेको हो। रिपोर्ट प्रकाशित भए पछि सम्बधित क्षेत्रका विशेषज्ञले स्पेस मिसनु र अन्य सेलेस्टिकल बडीुमा हुने अभियानमा यसले ठूलो मदत एवं  त्यहाँ हुने अनुसन्धानमा सहायता गर्ने दावी गरेका छन।
अनुसन्धानमा संलग्न लिड रिसर्चरु मार्टा फिलिप  कार्टेसाओ का अनुसार पृथ्वी मा पाइने केही ब्याक्टेरिया र फंगसलाई हामीले मंगल ग्रहको जस्तै वातावरणमा राखेर अनुसन्धान गर्यौ ।  हामीले पायौ,  यी ब्याक्टेरिया र फंगस मंगल ग्रहको जस्तो वातावरणमा मर्नुको सट्टा हुर्की रहे। यो अनुसन्धान पृथ्वीको नजिकको ९८ देखि १५ किमी माथिको० वातावरणीय  चक्र ुट्रोपोस्फेयरुदेखि   माथिल्लो वातावरणीय चक्र  ुस्ट्राटोस्फेयरुमा गरिएको थियो। यस वातावरणीय चक्रमा सूर्यदेखि आउने घातक विकिरण अल्ट्राभायोलेट  रेडिएसनु रोकिएर पृथ्वीसम्म आउन  पाउँदैन। यहाँ रहेको ुओजोन लेयरुले यस विकिरणलाई रोकी दिन्छ।  ुट्रोपोस्फेयरु देखि माथी ५० किमीसम्म  स्ट्राटोस्फेयरुको चक्र रहेको हुन्छ।

अनुसन्धानका क्रममा एउटा बेलुनमा ब्याक्टेरिया र फंगसलाई राखी स्ट्राटोस्फेयरुमा पुर्याइएको थियो।
मार्टाका अनुसार केही सुक्ष्मजीवी ख़ास गरी ब्लाक मोल्ड फंगस का स्पोर यस यात्रा मा जीवित रहे। त्यहाँ रहेको तीव्र अल्ट्रा भायलेट विकिरण पनि सहर फंगस का स्पोर जीवित रहे।
यस अनुसन्धानको रिपोर्टले एकातिर जहाँ मंगल ग्रहमा बाँच्न सक्ने सुक्ष्मजीवी पत्ता लागेर खुशी हुने वातावरण देखिएको छ त्यहीँ अबका स्पेस मिसनुले अति सावधानी अपनाउनु पर्ने आवश्यकता पनि देखिएको छ।  यस्ता सूक्ष्मजीवी अन्तरिक्ष यात्रीसँग नै प्रथ्वीबाट गएका हुन सक्छन।   अन्तरिक्ष यात्रीसँग त्यहाँ पुगेर यी त्यहाँको वातावरणमा हुर्किन सक्छन।  र, पुनः अन्तरिक्ष यात्रीले यी सुक्ष्मजीवीलाई त्यहाँ  भेट्दा यिनलाई त्यस स्थानको लाइफ डोमिनु सम्झिने संभावना हुन्छ। तर वास्तवमा यी अन्तरिक्ष यात्रीसँगै त्यहाँ पुगेका हुन्छन्।

अनुसन्धानमा संलग्न केथरीना सिम्स भन्छिन् अर्को कुनै ग्रहमा जीवनको खोजी गर्नेहरुले यो सुनिश्चित गर्नुपर्ने हुन्छ त्यहाँ भेटिएको सुक्ष्मजीवी कतै उनीहरुसँगै त त्यहाँ पुगेको होइन।

यस अनुसन्धानले भविष्यमा हुने मंगलको टेराफार्मिंगुलाई ठूलो मदत पुग्छ।  वैज्ञानिकले यस फंगस  र ब्याक्टेरियालाई मंगल ग्रहमा लगेर मंगल ग्रहमा जीवनको शुभारम्भ गर्न सक्छन। ब्याक्टेरिया र फंगस नै पृथ्वीमा जीवन प्रारम्भ गर्ने प्रमुख अवयव हुन। 

५ बर्ष अगाडि

प्रतिक्रिया