कस्तो रहला आजको मौसम ?

५ बर्ष अगाडि

काठमाडौं - हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा  रहेको रतराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको महाशाखाले जनाएको छ । 

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

यता, पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

भने, पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया