३१ वर्षीया महिला माथि सामुहिक बलात्कार

५ बर्ष अगाडि

काठमाडौं- झापा जिल्लाको कनकाई नगरपालिका(३ सुरुङ्गा टप्पु क्षेत्रमा ३१ वर्षीया महिलामाथि  सामुहिक बलात्कार भएको छ । 

सिता नाम गरेकी ति महिलालाई कनकाई नगरपालिका ४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर घाईते बनाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सिताको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाले लोकपथलाई बताए । महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले बताए ।

बलात्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।

महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया