काठमाडौं- भारतको दिल्ली कल्याणपुरीबाट अपहरण गरिएकी ९ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेकीछन् ।
बालिकाको शव गाजियाबादको मोदी नगरवाट बरामद गरिएको हो । मोदी नगरको भोजपुर गाँउको खेतमा शव भेटिएको थियो।
दिल्ली प्रहरीका अनुसार गत फागुन १ गते बालिका अचानक गायव भएकी थिईन। त्यसपछि उनको परिवारले स्थानीय कल्याणपुरी थानामा उजुरी गरेको गरेका थिए। यसैक्रममा ४ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकाहरुसंग गरिएको सोधपुछपछि गाजियावादबाट बालिकाको शव बरामद गरिएको थियो।
अपहरणकारीहरुले पैसाका लागि अपहरण गरेपनि बालिकाको परिवारको आर्थिक स्थिति कमजोर भएको देखेपछि उनिहरुले पैसा नमागि पछि हत्या गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया