स्रोत नखुलेको २ लाख ४६ हजार भारु सहित एक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- स्रोत नखुलेको २ लाख ४६ हजार  भारतीय रुपैयाँ सहित भारतको अररिया नरपथगंज तलासीका ३४ बर्षीय संजय सिंहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बेलुका पौने ५ बजे बिराटनगर–१७ मटेरुवा स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंहलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया