पशुपतिमा सुरु भयो क्यूआर कोड सेवा

५ बर्ष अगाडि

काठमाडौं - पशुपति मन्दिरमा चढाइने भेटी अब मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपति क्षेत्रमा डिजिटल डोनेशन बक्सको सुरुवात गर्दै क्यूआर कोड स्क्यान गरेर दान गर्न सक्ने व्यवस्था गरेको हो ।

पशुपति क्षेत्रमा आज बैंक अफ काठमाण्डूले एक कार्यक्रम आयोजना गरी डिजिटल भुक्तानी कार्यक्रम अन्तर्गत दानपात्र बक्सको सुरुवात गरेको छ ।  

पशुपतिमा दर्शन गर्न जाने भक्तजनले सहजै र सुरक्षित तरिकाले रकम भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले डिजिटल दानपत्रको सुरुवात गरेको बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया