कुटपिट गरि आफ्नै आमाको हत्याको आरोपमा छोरा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं-  अछाममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । 
 
साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा आफ्नै आमा कला बुढाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया