मन्त्रिपरिषद्को बैठक बस्दै

५ बर्ष अगाडि

काठमाडौं - मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ । 

गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया