टिप्परको ठक्करबाट एकजनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हिजो बिहीवार बा २ क ४५५३ नम्बरको टिप्परले ठक्कर दिँदा मकवानपुर भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बाको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका लुम्बाको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा हिजो राती मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया