कांग्रेस नेता  जोशीको अवस्था गम्भीर

५ बर्ष अगाडि

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई  नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार गरिँदैछ ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको  चिकित्सकले बताएका छन् । जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको सहयोगी पुष्कर पाण्डेले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया