फेरी देखा पर्यो काठमाडौंमा बर्डफ्लु, १५ हजार बढि पन्छी नष्ट गर्दै ४ बुँदे अपिल जारी

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौंमा फेरी बर्डफ्लु देखा परेको छ । १५ हजार बढि पन्छी नष्ट गरिएको छ । 

पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौंस्थित तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरिएको हो । 

साथै विभागले बर्डफ्लु नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया